images
images

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौँ-पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले यस्तो आदेश दिएको हो ।

हिल्टन होटलमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका पुत्र जयवीरसिंह देउवा लगायतको लगानी रहेको भनी पत्रकार पाठकले युट्यूब च्यानल ‘टफटक एक्स्प्लेइनर’मा एक भिडियो सामग्री प्रकाशन गरेका थिए ।

त्यसपछि सभापति शेरबहादुर देउवा र आरजु राणा देउवाका छोरा जयवीर देउवाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए । उक्त उजुरीपछि पाठकलाई प्रहरीले पक्राउ पुर्जी लिएर पक्राउको तयारी गरेको थियो ।

त्यसपछि पाठक अदालत गएका थिए ।

मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै उच्च अदालतले बिहीबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।