images
images
images

इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?

काठमाडौँ, ६ असार – इजरायल र इरानबिच जारी युद्धमा दुवै पक्षले ठुलो जनधनको क्षति व्यहोर्नु परेको छ।

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार, इरानी क्षेप्यास्त्र आक्रमणबाट अहिलेसम्म कम्तीमा २४ जनाको ज्यान गएको छ र ५९२ जना घाइते भएका छन्।

इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहान मात्रै इरानी आक्रमणमा २ सय ७१ जना घाइते भएका छन्, जसमा ७१ जना सोरोका अस्पतालमा भएको हमलामा घाइते भएका हुन्।

उता, इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा २ सय २४ जनाको मृत्यु भएको छ र १ हजार दुई भन्दा बढी घाइते भएका छन्।
अमेरिकास्थित मानव अधिकार संस्था ९ह्यूमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी० का अनुसार, गत शुक्रबारबाट सुरु भएको भिडन्तमा अहिलेसम्म इरानमा ९६३९ जनाको मृत्यु० भइसकेको खबर बीबीसी हिन्दीले प्रकाशन गरेको छ।