चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ।
चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। मृतकको सनाखत भएको छैन ।

डिएसपी खनालले घाइतेको उपचारसँगै मृत्यु भएका र घाइते भएका यात्रुको पहिचान गर्ने काम भइरहेको बताए।
ठोक्किएका दुवै गाडी सडकमै रहेकाले अहिले पूर्व-पश्चिम राजमार्गको उक्त खण्ड ठप्प भएको थियो।
अहिले डाइभर्सन बनाएर सवारी साधन आवत जावत गर्ने प्रबन्ध मिलाइएको चितवन प्रहरीले जनाएको छ।









