अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी मन्त्रिपरिषद्ले गर्‍यो स्वीकृत

उनका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

यस्तै, बैठकले अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेस गरी नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले उपराष्ट्रपति रामसहायप्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ । चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत भएको हो ।

साथै, बैठकले भदौ १९ र २० गते स्विडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन् ।