images
images

कारागारबाट रवि लामिछानेले भने, ‘रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’ (पूर्णपाठ)

काठमाडौँ – भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन् । उनले राजनीतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै एक लामो अपिल जारी गरेका छन् ।

पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा सार्वजनिक गरिएको अपिलमा उनले आफूमाथिको सहकारी ठगीको आरोप निराधार रहेको बताउँदै देशका पुराना शक्तिहरूले आफूविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

अपिलमा लामिछानेले रास्वपाको उदयबाट अत्तालिएका पुराना शक्तिहरूले आफूलाई सिध्याउन भयानक षड्यन्त्र रचेको उल्लेख गरेका छन् । ‘छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन,’ उनले लेखेका छन्, ‘जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’

उनले आफूविरुद्ध प्रहरी, प्रशासन र न्यायपालिकाकै दुरुपयोग भएको दाबी गरेका छन् । मध्यरातमा बलपूर्वक पक्राउ गरिएको, कानूनको हदम्याद नाघेर मुद्दा चलाइएको र आफूमाथि मात्रै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लगाएर प्रतिशोध साधिएको उनको जिकिर छ ।

लामिछानेले आफूले कुनै सहकारीबाट एक पैसा पनि नलिएको र आफ्नो नाममा कुनै ऋण वा सवारी साधनसमेत नभएको स्पष्ट पारेका छन् । उनले आफूले जेलको कोठरीबाट अहिले आफ्नै जीवनको समीक्षा गरिरहेको बताएका छन् ।
पूर्णपाठः