images
images

इरानमा रहेका नेपालीलाई उद्धार गर्दै भारतीय दूतावास

काठमाडौँ- इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।

इरानस्थित भारतीय दूतावासले आज सामाजिक सञ्जाल एक्समा सार्वजनिक सूचना जारी गर्दै नेपाली तथा श्रीलंकाली नागरिकलाई उद्धार सहायता प्रदान गरिने जानकारी दिएको हो।

 

इरानमा पछिल्लो समय देखिएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भारतले आफ्ना नागरिकका साथै छिमेकी मुलुकका नागरिकको सुरक्षाका लागि पनि पहल अघि बढाएको हो।