काठमाडौँ, ८ असार – अमेरिकाले इरानका तीन ठूला आणविक स्थलहरूमा गरेको हमलापछि पनि त्यहाँको बातावरणमा विकरणको मात्रा नदेखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले जनाएको छ।
उसले एक विज्ञप्ति जारी गर्दै भने,’इरानी आणविक स्थलहरूमा अमेरिकी हमलापछि विकिरणको मात्रा बढेको छैन। पहिलाकै अवस्थामा देखिएको छ।’ उसले ‘इरानको स्थितिसम्बन्धी थप जानकारी प्राप्त भएसँगै आफ्नो मूल्यांकन प्रस्तुत गर्ने जनाएको छ।’
यदि भौतीक क्षती ठूलो भएको खण्डमा विकरण चुहावट हुन सक्ने वैज्ञानीकहरु बताउँछन्। तर अहिलेसम्म अमेरिकाले आक्रमण गरिएको भनिएका स्थलहरुमा त्यस्तो संकेत नदेखिँदा अमेरिकाले सोचेजस्तो क्षती नभएको हुन सक्ने अनुमान गरिएको छ। तर पूरा विवरण आइनसकेकाले अहिलेनै केही भन्न सक्ने अवस्था रहेको छैन।
आइएइएले थप अनुसन्धान गरिरहेको जनाएको छ।











