images
images

संसद्‍मा आज पनि रास्वपाको घेराउ, राप्रपाले गर्यो बहिष्कार

काठमाडौँ, ८ असार – प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि रास्वपाले वेल घेराउ जारी राखेको छ।

आजको जारी बैठकलाई राप्रपाले भने बहिष्कार गरेको छ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने, विनियोजन विधेयक, २०८२ को विभिन्न शिर्षकहरू माथि जारी छलफलअन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयमाथि छलफल तयारी थियो ।

भिटिज भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि उनको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।