images
images

सरकारलाई माओवादीको प्रश्न: दुई बुँदे सहमतिअनुसार छानबिन समिति गठन कहिले हुन्छ ?

काठमाडौँ, ८ असार – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको अवरोध खोल्ने गरी सत्तापक्षसँग भएको २ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

 

 

प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर अवरोधका बीच चलाउनु सही नभएको बताउँदै माओवादीले सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच जेठ ३० मा भएको दुई बुँदे सहमतिअनुसार छानबिन समिति गठन गर्न माओवादीले माग गरेको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले  भने भिजिट भिसाबारे संसद्मा आवाज उठिरहेको छ । वेलमा माननीयहरू उठिरहनुभएको छ । सरकारसँग हामीले दुईबुँदे पनि गर्‍यौं तर समस्या अहिलेसम्म पनि समाधान भएको छैन,ु पाण्डेले भने, ‘म सरकारलाई अविलम्ब यो राष्ट्रिय समस्या हो, आम जनताको समस्या हो, यो सुशासनसँग सम्बन्धित विषयवस्तु हो । यो भ्रष्टाचारलाई अन्त्य गर्नका लागि चालिएको विषयवस्तु भएको हुनाले अविलम्ब छानबिन समिति, जुन सरकारले एक महिनाभित्र हामी गर्छौं भनेर गृहमन्त्रीले रोष्ट्रबाट बोल्नुभएको छ । त्यो गठनमा ढिलो नगर्नका लागि आग्रह गर्दछु ।’