images
images

रास्वपाले बनाएका नक्कली भिजिट भिषा पीडितलाई ग्रिस लैजाने भन्दै ठग्ने गोरखाका बराम पक्राउ

काठमाण्डौं, ९ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिषा प्रकरणमा पीडित भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्याएका गोरखाका तीन युवालाई ठगी गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

गोरखाको बारपाका सुलिकोट गाउँपालिका–४ का मनोज गुरुङ, श्रीमन गुरुङ र मनोज गुरुङलाई अल्बानिया हुँदै ग्रिस लैजाने भनि करिब २८ लाख ठगी गरी फरार रहेका गोरखा–४ बस्ने बर्ष ३८ को राजेश बरामलाई प्रहरीले काठमाण्डौंको सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो ।

 

काठमाण्डौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आर्चायले ग्रिस पठाइदिन्छु भन्दै ठगि गर्ने राजेश बरामलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइएको बताउनुभयो । “अभियुक्त बरामले तिन युवासँगै अरु मानिसकहरुलाई पनि ठगि गरेको अनुसन्धानका देखिएको छ ।” प्रहरी उपरीक्षक आर्चायले भन्नुभयो–“ यो ठगिलाई भिजिट भिषासित जोड्नुपर्ने कुनै कारण र प्रमाण, तथ्य छैन ।”

 

वैदेशिक रोजगारीका नाउँमा ठगिएका तिनै युवालाई केही दिनअघि रास्वपा नेताहरुले पार्टी केन्द्रीय कार्यालय बोलाएर घटनालाई भिजिट भिषामा जोडेर परार्मश दिई अख्तियारमा उजुरी दिन लगाएका थिए । योजनावद्ध रुपले ती युवाहरुलाई प्रयोग गरी गृहमन्त्री विरुद्ध उजुरी दिन रास्वपाले अख्तियारसम्म दुई जना अपरिचत युवालाई खटाएको थियो । अख्तियारमा उजुरी दिन पुगेका तीनै जना युवाले वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएको गुनासो राखेपनि गृहमन्त्रीबारे चनाखीपूर्ण तरिकाले उजुरीमा नाम राखिएको सार्वजनिक गरेका थिए ।

 

पछिल्लो समय वैदेशिक रोजगारीमा जान खोज्नेहरुलाई विभिन्न मेनपावर, दलाल, एजेण्डहरुबाट ठगिने गरेको विषयलाई रास्वपाले भिजिट भिषा हुदै मानव तस्करीसित जोडेर राजनैतिक स्वार्थ पुरा गर्न खोजिरहेको छ । यता श्रम विभागले वैदेशिक रोजगारीमा ठगिएको हजारौ उजुरीमाथि छानविन गरिरहको छ । तर सस्लो लोकप्रियता र वर्तमान गृहमन्त्रीमाथि आधारहित आरोप लगाउँदै रास्वपा सांसदहरु पार्टी कार्यालयमा पीडितहरु भन्दै तथ्याङ्क संकलन गरिरहेको छ ।