images
images
images

प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस शेयर घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय नेपाल बीमा प्राधिरकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।