images
images

चर्चित गितकार सुरेश आचार्यको (सियरा) नंया गित बाजारमा

काठमाडौं २३ साउन । नेपाल सरकारका सचिव समेत रहेका चर्चित गितकार सुरेश आचार्य (सियरा)ले प्रमोद खरेलको स्वरमा नयाँ गित ल्याएका छन् । परदेशीको पीडा समेटिएको गित आचार्यले हालै आफ्नै युटुव च्यानल ‘सियरा नियो अफिसियल’बाट सार्वजनिक गरेका हुन् ।

चर्चित गायक खरेलको स्वरमा सजिएको उक्त गितमा संगितकार विपिन घिमिरेले संगित भरेका छन् । उक्त गितको भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छिन् । अनुप बराल, अनु पराजुली, बाबुरा सत्याल, सीतादेवी सत्याल लगायतले अभिनय गरेको भिडियो मुकेश हुमागाईंले खिचेका हुन् ।