images
images
images

बेनीघाट रोराङको बजेट ९३ करोड ३० लाख ३१ हजार

विशालटार, १० असार – धादिङको बेनीघाट  रोराङ गाउँपालिकाले  आर्थिक बर्ष २०८२/०८३ का लागि रु ९३ करोड भन्दा बढी बजेट  ल्याएको छ ।  गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सोमबाार १७ औँ गाउँसभामा  चालु खर्च तर्फ  रु. ५४ करोड ६१ लख ३१ हजार र पुँजीगत तर्फ रु.३८ करोड ६९ लाख  गरि ९३ करोड ३० लाख ३१ हजार बजेट  प्रस्तुत गर्नुभएको हो ।  चालु तर्फ ५८.५३ र पुँजीगत तर्फ ४१.४७ प्रतिशत  रहेको छ ।

क्षेत्रगत आर्थिक विकासका लागि रु. ६ करोड,३६ लाख, सामाजिक विकास तर्फ ४२ करोड २७ लाख ३१ हजार, पूर्वाधार विकास तर्फ रु. ३१ करोड ८० लाख ५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ  रु. १ करोड १२ लाख ५ हजार र संस्थागत विकास तथा सुशासन तर्फ रु ११ करोड ७४ लाख विनियोजन गरेका छन् ।

 

यस अघि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

निति तथा कार्यक्रममा आवासीय विद्यालयको विस्तार मार्फत  गुणस्तरीय शिक्षामा समतामुलक पहुँच, भोको पेटको अन्त्य, खानेपानी तथा सेवाको विस्तार र दिगो व्यवस्थापन सुशानयुक्त सहभागितामूलक स्थानीय शासन,महिलाको आर्थिक सामाजिक सशक्तिरण्म, कृषि र पशुपालन,उद्यमशिलता, स्वालम्बन र आर्थिक समृद्धि प्राथमिकतामा रहेको  अध्यक्ष थपलियाले बताउनुभयो ।

अध्यक्ष  थपलियाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र उपाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेट गाउँसभाले सर्वसम्मत पारित गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले  जानकारी दिनुभयो ।