images
images
images

हवाई उडान प्रभावित हुँदा कतार जान लागेका नेपाली यात्रु त्रिभुवन विमानस्थलमा अलपत्र

काठमाडौँ, १० असार – कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि हवाई सेवा प्रभावित हुँदा त्यसको असर नेपाल सम्म नै देखिएको छ । कतार जान तयारी अवस्थामा रहेका ५०० भन्दा बढी नेपाली यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ । राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए ।

एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ । यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले  हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ । अवस्था सामान्य भए संगै पुनः नियमित उडान हुने बताइएको छ ।