काठमाडौँ, १० असार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका नेपाली दूतावासको फोन नउठेमा सिधै नेपालमा ट्रान्सफर हुने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

‘दूतावासमा फोन उठेन भने निश्चित समय पश्चात् त्यो कल नेपाल स्थित कल सेन्टरमार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको जानकारी म यो सम्मानित सांसदलाई दिन चाहन्छु,’ मन्त्री भण्डारीले भने ।
मन्त्रालयबाट विदेशमा खटाइका श्रम कन्सुलर र श्रम सहचारीहरूसँग श्रम तथा कन्सुलर सेवाका लागि ठुलो सङ्ख्यामा व्यक्तिहरूले जानकारी लिन चाहने गरेको उनको भनाइ छ ।










