images
images
images

रोशीमा आगामी आर्थिक बर्षको लागि ७२ करोड ४ लाख बजेट प्रस्ताव

काभ्रे, ११ असार – काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको गाउँसभाको १७औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार भएको अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार बजेट प्रस्ताव गरिएको छ । सत्रौँ अधिवेशनको मंगलबार बसेको बैठकमा आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष दिनेश लामाले बार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।

 

सभाका उपाध्यक्ष वाइबाले प्रस्तुत गरेकाे बजेटमा आन्तरिक स्रोतबाट १ करोड २६ लाख, स्थानीय राजाश्व बाडफाँडबाट २ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ५० लाख ६० हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ९९ लाख ५६ हजार, संघीय सरकार समानीकरणबाट १० करोड २५ लाख, संघी सर्शत अनुदानबाट ३२ करोड ५१ लाख, संघीय समपूरक अनुदानबाट ९९ लाख, संघीय बिशेष अनुदानबाट ८९ लाख, प्रदेश समानिकरण अनुदानबाट, १ करोड २ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट २ करोड ७० लाख २७ हजार, प्रदेश सरकारको समपुरक अनुदानबाट २ करोड ८५ लाख र प्रदेश बिशेष अनुदानबाट ६५ लाख प्रक्षेपन गरेर बजेट प्रस्ताव गरेका छन् ।

 

‘समृद्ध रोशी, जनता खुसी’ भन्ने नारालाई पुरा गर्नेगरी नीति, कार्यक्रम र बजेट प्रस्तु गरेका छन् ।

 

 

गाउँपालिका अध्यक्ष लामाले आगामी बर्षको लागि नीति तथा कार्यक्र प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा आगमी बर्षदेखि एकल पुरुषाई भत्ता दिने प्रस्ताव गरेका छन् । सामाजिक विकास नीति तथा कार्यक्रम अन्तगत गाउँपालिका भित्रका ६० बर्ष भन्दा माथीका एकल पुरुषहरुलाई दोहोरो नपर्ने गरी सामाजिक संरक्षण कार्यक्रमा आवद्ध गरिने भएको छ । यस भन्दा अगाडी ६० बर्ष माथीका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेका थिए । सो कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिने भएको छ ।

 

त्यसरी नै सुशासन तथा संस्थाग विकास अन्तगत गाउँपालिका मतहतका सरकारी कार्यालयहरुमा आयातित पेयपदार्थलाई निरुत्साहित गरेर स्थानीय रैथाने पेयपदार्थलाई प्रोत्साहन गरेको छ । कोल्डड्रिंस् लगायतको आयातित् पेयपदार्थलाई निरुत्साहित गरी रोशीको नागरिकको आर्थिक उपार्जन समेत हुनेगरी स्थानीय पेयपदार्थ दुध, दही, मही लगायतलाई प्रोत्साहन गर्ने भएको छ ।

 

सभाध्यक्ष लामाले प्रस्तुत गरेको नीति कार्यक्रममा पूर्वाधार विका, सामाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका लागि विभिन्न नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

गाउँसभामा उपाध्यक्ष वाईबाले आगामी आर्थिक बर्ष २०८२/०८३ बार्षिक बजेट प्रस्तुत गर्नुका साथै, विनियोजन विधेयक २०८२ र आर्थिक साथै, विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमन सक्बन्धी विधेयक र जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षणतथा उपयोग सम्बन्धी विधेयक र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसरी नै लेखा समिति संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष धनजीत लामाले बेरुजु फर्छौटको लागि प्रस्ताव गरेका थिए । त्यसरी नै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए भने गाउँपालिकाका प्रवक्ता तथा गाउँपालिकासभा सदस्य वसन्तकुमार लामाले बार्षिक प्रगति प्रतिवेदन र सभासदस्य तथा वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनले स्वागत मन्तव्य राखेका थिए ।

 

गाउँ सभाको १७ औं अधिवेशनको दोस्रो बैठक आगामी आगामी आईतबार बस्ने गरी पहिलो बैठक सम्पन्न भएको छ ।