गोरखा, असार १० – गोरखा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासदेखि पर्यटन प्रर्वदनमा प्राथमिकता राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १७ औं नगरसभामा मंगलबार नगर प्रमुख कृष्णबहादुर राना मगरले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषि, पशुपंक्षी साना घरेलु उद्योग, पर्यटन तथा संस्कृति प्रवर्धन, शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य तथा खानेपानी र सरसफाई, सडक यातायात तथा भौतिक पुर्वाधार विकासमा जोड दिएको छ । वन वातावरण तथा विपद व्यवस्थापन, मानव अधिकार, न्याय सम्पादन न्याय निरुपण, शुसासन सेवा प्रवाह क्षमता विकास र सामाजिक समावेशीकरण विषयका क्षेत्र नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले पहिचान गरेको ऐतिहासिक, धार्मिक सामाजिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण स्थलहरुको क्रमश विकास गर्दै लगिने भएको छ । सम्पुर्ण नगरवासीहरुको डिजिटल हेल्थ रेकर्ड स्वास्थ्य अवस्थाको जानकारी लिने व्यवस्था गरिने नीति लिएको छ । गोरखा दरबारलाई विश्व सम्पदा सुचीमा राख्न भैरहेको पहलकदमीलाई आवश्यक सहयोग र समन्वय गरिने नीति नगरपालिकाले लिएको छ ।
गोरखा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन लक्षित कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । नगर एप्स बनाइ प्रयोगमा ल्याउने, जन्मेदेखि मृत्यु सम्म स्वास्थ्य, बालबालिकालाई पढ्दै कमाउदै लगायतका कार्यक्रम समेटिएको उनले बताए ।
आगामी आर्थिक वर्षको लागि गोनपामा झण्डै १ अर्ब बजेट बिनियोजन
गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि झण्डै १ अर्ब बजेट बिनियोजन गरेको छ । मंगलबार नगरपालिका भएको १७ औं अधिबेशनमा नगरउपप्रमुख मसली माया थोकर ९सपना पुन०ले नगर सभा समक्षा ९९ करोड ३१ लाख ६० हजार रुपैयाको बजेट बक्तव्य पेश गरेकी हुन् ।
जस अन्र्तगत नेपाल सरकारको समानीकरण अनुदान तर्फ २० करोड ७९ लाख, सशर्त अनुदानतर्फ ४४ करोड २९ लाख, समपुरक अनुदान तर्फ ४४ करोड, २९ लाख, समपुरक अनुदान तर्फ ९१ लाख, बिशेष अनुदान तर्फ ८२ लाख बजेट प्राप्त हुने अनुमान छ । त्यस्तै प्रदेश सरकार समानिकरण अनुदान तर्फ ३ करोड ८ लाख ३४ हजार, विशेष अनुदान तर्फ ४० लाख, समपुरक अनुदान तर्फ ६० लाख, सशर्त अनुदान तर्फ २ लाख प्राप्त हुने नगरपालिकाले अनुमान गरेको छ ।
प्रदेश सरकार राजश्व बाडफाडतर्फ १ करोड ६१ लाख २६ हजार, आन्तरिक आयतर्फ ६ करोड, क्रमागत योजना/बैक मौज्दातमा ६ करोड, सडक बोर्ड नेपालमा ७० लाख, नगर विकास कोष तर्फ ४० लाख बजेट आउने अनुमान गरिएको उनले बताए ।










