युद्धविराम प्रयासबीच इजरायलले गाजामा आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा ८० जनाको मृत्यु भएको छ। अलजजिराका अनुसार आक्रमणमा ४०० भन्दा बढी घाइते भएका छन्।
त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन्। गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ।
मध्यस्तकर्ताले युद्धविराम र बन्धक रिहाईका लागि प्रयास तीव्र पारेको हमासका एक वरिष्ठ अधिकारीले जनाएको बीबीसीले जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषेश दुत स्टीव विटकफले इजरायल र हमासबीचको सम्झौता धेरै नजिक पुगेको बताएका थिए। तर इजरायली अधिकारीले भने वार्तामा कुनै प्रगति नभएको र प्रमुख असहमति अझै कायम रहेको जनाएका छन्।










