भोजपुर, १२ असार – पहाडी जिल्ला भोजपुरमा रहेका स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/८३ का लागि नगर तथा गाउँ सभाबाट बजेटसहितको नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाको बजेटसहितको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

षडानन्द नगरपालिकाले सबैभन्दा बढी र पूर्वी पौवादुङमा गाउँपालिकाले सानो आकारको जेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । षडानन्द नगरपालिकाले रु. ८९ करोड ६१ लाख ६१ हजार बराबरको नीति तथा कार्यक्रम ल्याएको छ । पौवादुङमाले रु ४० करोड ६७ लाख ६१ हजारको बजेट आगामी आर्थिक वर्षका लागि ल्याएको छ ।
यसैगरी, हतुवा गढी गाउँपालिकाले रु. ४७ करोड ७० लाख ४२ हजार, आम चोक गाउँपालिकाले रु. ४७ करोड तीन लाख ५८ हजार र रामप्रसाद राई गाउँपालिकाले रु. ४६ करोड ८१ लाख ९४ हजार ४०७ बराबरको बजेट ल्याएको छ । पालिकाभित्रका सबै क्षेत्रलाई समेट्ने गरी बजेट अनुसारको नीति तथा कार्यक्रम ल्याएको पालिकाहरूले उल्लेख गरेका छन् ।










