काठमाडौँ, १२ असार – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको ईस्तान्बुल प्रस्थान गरेका छन् । ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा भाग लिन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल ईस्तान्बुल गएका हुन् ।
सो समारोहमा विभिन्न मुलुकका मन्त्रीहरू, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुने छ ।
मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ ।










