images
images
images

काभ्रेमा कुन पालिकाले कति बजेट ल्याए हेर्नुहोस सूचीसहित

काभ्रे, १२ असार – काभ्रेपलाञ्चोक जिल्लामा १३ स्थानीय तह रहेको छ । जसमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको छ । ती पालिकाहरुमध्ये आर्थिक बर्ष २०८२/०८३ को लागि पनौती नगरपालिकाले सबैभन्दा बढी बजेट १ अर्ब ६१ करोड ११ लाख ११ हजार ल्याएको छ । असार ९ गते गणपुरक संख्या नपुगेको भन्दै नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठक स्थगित भएपछि बुधबारको दोस्रो बैठकले नीति, कार्यक्रम र बजेट पास गरेको हो ।

 

 

त्यसरी नै दोस्रो र तेस्रोमा क्रमशः बनेपा र धुलिखेल नगरपालिका भएको छ । बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ आर्थिक बर्ष २०८२/०८३ का लागि प्रस्ताव गरेको छ भने धुलिखेल नगरपालिकाले १ अर्ब १८ करोड ४८ लाख ५० हजार बजेट पास गरेको छ । मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ बजेट ल्याइएको छ । जिल्लामा यी ४ नगरपालिकाले मात्र अर्ब भन्दा बढी बजेट ल्याईएको हो । अन्यले करोडमा ल्याएका छन् ।

 

त्यसरी नै आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८०२, नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १६०, रोशी गाउँपालिकाले ७२ करोड ४ लाख ३७ हजार, चौरीदेउराली गाउँपालिकाले ६९ करोड ५ लाख ५ हजार, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार २४३, भूम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजार, महाभारत गाउँपालिकाले ६० करोड १३ लाख १ हजार, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोला गाउँपालिकाले ५२ करोड २३ लाख ३२ हजार ३५३ बजेट ल्याएका छन् ।

 

जिल्लामा धुलिखेल नगरपालिका र पनौती नगरपालिका बाहेक सबैले नीति, कार्यक्रम र बजेट प्रस्ताव मात्र गरेर पारित गर्न बाँकी रहेको छ ।