images
images

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा सर्वसाधारणलाई निर्मल निवास खुला गरिने

काठमाडौं, १३ असार – पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सवको अवसरमा असार २३ गते निर्मल निवास सबैका लागि खुलाइने भएको छ ।

शाहको सम्बाद सचिवालयले उक्त जानकारी गराएको हो ।

जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि शाहको निजी निर्मल निवासमा सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

असार २३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घ संस्थाका लागि खुला गराइन लागेको हो ।