images
images

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधे- संसद अवरोध किन?

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले लगातार दुई सातादेखि भइरहेको संसदको अवरोधबारे चासो प्रकट गरेका छन्। संसदको अवरोधबारे राष्ट्रपति पौडेलले शुक्रबार सभामुख देवराज घिमिरेलाई पनि भेट्ने भएका छन्।

प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेलसँग भेट गर्न बिहीबार दिउँसो शीतलनिवास पुगेका थिए। शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्रीको यो नियमित भेट थियो।

प्रमुख प्रतिपक्षी एमालेले गत साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरोध गर्दै आएको छ।