images
images
images

रोशीको नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित

अमलटार, १६ असार – काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको आगामी आर्थिक बर्षको लागि नीती, कार्यक्रम र बजेट पारित भएको छ । गत मंगलबार बसेको गाउँसभाको १७ औ अधिवेशनको पहिलो बैठकले प्रस्ताव गरेको नीति, कार्यक्रम र बजेट आइतबार बसेको दोस्रो बैठकले पारित गरेको हो ।

सभाको अधिवेशनले आर्थिक बर्ष २०८२/०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार बजेट पारित गरेको छ ।

अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष मिमबहादुर वाइबाले प्रस्तुत गरेको विनियोजन विधेयक, आर्थिक विधेयक, स्थानीय उद्योग दर्ता, विधेयक, आर्थिक विधेयक, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपभोगसम्बन्धी विधेयक र न्यायीक समितिको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको छ । त्यस्तै लेखा समिति संयोजक धनजीत लामाले प्रस्तुत गरेको बेरुजु फर्छौटका लागि प्रस्ताव र प्रवक्ता वसन्तकुमार स्याङ्‌तानले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/०८२ को प्रगती प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । यी प्रस्तावहरू सभाध्यक्ष दिनेश लामाले सभामा छलफलको लागि प्रस्ताव गरेर सर्वसम्मतले पारित गरेका हुन् ।

आगामी आर्थिक बर्षको लागि गाउँपालिका अध्यक्ष दिनेश लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषकलाई प्रवर्द्धन गर्न हाट बजार खोल्ने, ६० बर्ष माथीका एकल पुरुषलाई भत्ता दिने, गाउँपालिका मातहतका कार्यालयहरुमा आयातीत पेयपदार्थलाइ विस्थापित गरी स्थानीय उत्पादन दही, दुध र मोहीलाइ प्रवर्द्धन गर्ने जस्ता नविनतम नीति कार्यक्रमलाई समेटेको छ ।