images
images
images

भारतको तेलंगानामा एक उद्योगमा भएको विष्फोटमा ३४ जनाको मृत्यु, २४ अझै बेपत्ता

एजेन्सी – भारतको तेलंगाना राज्यको पसामिलाराम औद्योगिक क्षेत्रमा भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । तेलंगनाको संगारेड्डी जिल्लाको जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको विस्फोटमा ३४ जनाको ज्यान गएको जनाएको छ ।

ती मध्ये चार जनाको पहिचान भइसकेको र बाँकी ३० जनाको पहिचान गर्ने प्रयास भइरहेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोटमा ३५ जना घाइते भएका भने २४ जना अझै बेपत्ता रहेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिइने बताएका छन् । यससँगै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई २ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।