images
images

कुलिङ पिरियडमा भएको तोडमोडबारे छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको बताए।

समितिबाट एउटा कुरा पारित हुने र संसद्‌मा पुग्दा अर्को हुने कुरा संसदीय इतिहासमै पहिलो पटक भएको बताए। यो विषय अक्षम्य रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने उनले माग गरे।

महामन्त्री शर्माले कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए।