images
images
images

पार्टीले निर्देशन दियो भने सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा

काठमाडौं  -नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीले निर्देशन दियो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न तयार रहेको बताएका हुन् ।

संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका थिए ।

विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन् । संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’

समिति बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र उनकै पार्टी कांग्रेसका सांसदले समेत खतिवडाको राजीनामा मागेका छन् ।