images
images

राजीनामा दिने तयारीमा पर्यटन राज्यमन्त्री चौधरी

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूण चौधरीले राजीनामा दिने तयारी थालेका छन्। नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको  अध्यक्षतामा बसेको दलको बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको पर्यटन राज्यमन्त्री चौधरीले जानकारी दिए। उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने तयारीमा छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ। अब नागरिक उन्मुक्ति पार्टी पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।