images
images

जन्मदिनमा पूर्वराजा शाहले भने– नेपालमा जन्मिएर मात्र नेपाली हुँदैन

काठमाडौँ, २३ असार – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताएका छन् ।

निर्मल निवासमा आफ्नो ७९औँ जन्मदिनका अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली हुनका लागि नेपाल आफूभित्र हुनुपर्ने बताए ।

‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा मात्र जन्मिएर मात्र नेपाली हुने होइन। नेपालै हामी भित्रै हुनुपर्छ । अनि मात्र हामी नेपाली हुन्छौँ’, उनले भने ।

शाहले अहिले वर्षाको समय रहेको भन्दै सबैलाई सतर्क रहन पनि आग्रह गरे ।