images
images

देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई सुरक्षित रहन उनले अपिल गरेका हुन्।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्रिशूली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ।’