images
images

कामरेन्द्र वर्माको सक्रिय नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघ सशक्त हुदै !

काठमाडौं, २४ असार – लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको कुशल नेतृत्वमा संघ दिनप्रतिदिन सशक्त बन्दै गएको छ । लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादाका पक्षमा स्पष्ट अडान राख्दै संघले पत्रकारहरूको हक–अधिकार सुरक्षित गर्न उल्लेखनीय कार्यहरू अघि बढाएको छ ।

अध्यक्ष वर्माको नेतृत्वमा संघले हालै मधेस प्रदेशका आठवटै जिल्लामा सक्रिय र प्रतिबद्ध पत्रकारहरूलाई संयोजकको जिम्मेवारी सुम्पिएको छ । पर्सामा समसुदिन मियाँ, बारामा साहबाज मन्सुर, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह, महोत्तरीमा राजिव राय कुर्मी, धनुषामा सनाेज यादव, सप्तरीमा शसिचन्द्र चौधरी र सिरहामा विसुनदेव सरदार जिल्ला संयोजकको रूपमा मनोनयन भएका छन् ।

संघका अध्यक्ष वर्माले जिल्ला संयोजक मनोनयनसँगै जिल्लामा संगठन विस्तारको निर्देशन दिएका छन् । अब छिट्टै जिल्ला संयाेजकहरूकाे प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने अध्यक्ष वर्माले बताएका हुन् । लुम्बिनी प्रदेशमा पनि प्रदेश अध्यक्ष मनाेनय गर्ने तयारी भईरहेकाे उनको भनाइ छ ।

यस कदमले संघको सांगठनिक संरचना अझ मजबुत भएको छ र पत्रकारहरूबीच विश्वास र आकर्षण समेत बढाएको छ ।

“अन्य पत्रकार संगठनहरू भन्दा फरक ढंगले हाम्रो संघले पत्रकारहरूको सशक्त पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ,” अध्यक्ष वर्माले बताएका छन्, “हामी लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादा कायम गर्न कटिबद्ध छौं ।”

त्यस्तै, बागमती प्रदेशमा रामसुकुल मण्डल र काठमाडौं जिल्लामा प्रिन्स चन्द्र पाललाई जिम्मेवारी दिइएको छ । देशैभर संगठनको प्रभावकारी उपस्थिति बनाउँदै लगिएको संघले निकट भविष्यमै पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा तथा सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

अध्यक्ष वर्माको दूरदर्शी नेतृत्व र स्पष्ट कार्यदिशाका कारण संघ पत्रकारहरूका लागि आशाको केन्द्र बन्दै गएको छ । उनकाे सक्रियता, समावेशी दृष्टिकोण र क्रियाशील कार्यशैलीले लोकतान्त्रिक पत्रकार संघलाई मुलुककै अग्रणी पत्रकार संगठनको रुपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण फड्को मारेको छ ।