images
images
images

ट्रम्प र नेतान्याहुबीच २४ घण्टामै दुईपटक भेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामै दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। पछिल्लोपटक मंगलबार साँझ एक घण्टाभन्दा बढी चलेको भेटमा गाजामा सम्भावित युद्धविराम सम्झौताबारे गहन छलफल भएको अलजजिराले जनाएको छ।

 

वार्ताअघि ट्रम्पले नेतान्याहूसँग गाजा युद्धविरामबारे विशेष रूपमा कुरा गर्ने बताएका थिए। राष्ट्रपति ट्रम्पले यो साताको अन्त्यसम्ममा युद्धविराम सम्झौताले अन्तिम रूप दिने आशा व्यक्त गरेका छन्। यसैबीच गाजाको उत्तरतर्फको बेइतहानुन क्षेत्रमा भएको विस्फोटमा पाँचजना इजरायली सैनिकको मृत्यु भएको छ ।

विस्फोटमा १४ जना घाइते भएका छन् । इजरायली सेनालेजारी गरेको वक्तव्य अनुसार सैनिक बारुदले जडित एक भवनलाई घेरेर सुरक्षात्मक कारबाहीमा संलग्न थिए । सोही क्रममा उपकरण विस्फोट भई मानवीय क्षति भएको हो ।