images
images

पहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध, कहाँ-कहाँ रोकिए राजमार्ग ? (सूचीसहित)

काठमाडौँ,  २५ असार –  बाढी पहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्ति लोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा-नाला-भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

हेर्नुहोस् सूची: