काठमाडौँ, २५ असार – नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मौद्रिक नीतिले पुँजी बजारलाई चलायमान बनाउनु आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले यस्तो बताएका हुन् ।
उनले पुँजी बजारलाई पुनः संरचना पनि गर्नुपर्ने बताए । उनले रेमिट्यान्सबाट आएको रकम बजारमा अहिले नआएको बताए ।
सीमित व्यवसायीले मात्रै बैंकको कर्जा प्रयोग गरे भन्ने आरोप सत्य नभएको बताए । उनले मौद्रिक नीतिमा साना उद्यम र स्टार्टअप उद्यममा कसरी कर्जा बढाउने भन्ने विषयलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए ।










