images
images

बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौँ, २६ असार – काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । 

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो । अब कार्यपालिका बोलाइएसँगै बजेटको अन्योलता हटेको छ ।