images
images
images

गुठी संस्थानद्वारा विभिन्न पदमा आवेदन आह्वान

काठमाडौँ – गुठी संस्थानले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो ।

संस्थानले आज एक सूचना जारी गर्दै उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका नागरिकले एक्काइस दिनभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 हेर्नुहोस् सूचना  :