काठमाडौं, ३० असार – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कांग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहस्यमय मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताए।
प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरूले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताए। रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने टिप्पणी गरे। रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरूको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिए।
सांसद बजगाईंले पहिला आफूमाथि लागेका दागहरू सफा गर्न रास्वपालाई आग्रह गरे।









