images
images

बिचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्: शेखर कोइराला

काठमाडौं, ३१ असार –  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छोड्ने गरेको बताएका छन् ।

नेता कोइरालाले फेसबुकमा लेख्दै सरकारका मन्त्रीहरु घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेकोतर्फ डा। कोइरालाले व्यंग्य गरेका छन् ।

‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिमन्त्रीपरिषद बैठकमा भाग लिन्छन् ।’