images
images
images

क्यानडामा बसेर नेपाली क्रिकेटलाई योगदान गर्ने किरोज श्रेष्ठ

काठमाडौं, ३१ असार – नेपाली क्रिकेटलाई विश्व क्रिकेट इतिहासमा सर्वाधिक समर्थकको माया पाउने टिमको रुपमा चिनिन्छ । सन् २०१४ को विश्वकपबाट चर्चामो शिखरमा बलियो बन्न थालेको नेपाली टोलीले विश्व क्रिकेटका समर्थकको माया बटुल्न सफल छ ।

 

त्यसैमा नेपाली क्रिकेटलाई क्यानडामा रहेर समर्थन गर्ने एक व्यक्ति हुन् किरोज श्रेष्ठ । उनको नेपाली क्रिकेट प्रतिको लगाव यति छ की उनले सन् २०२२ मा नेपाली क्रिकेट टोलीलाई क्यानडामा मैत्रीपूर्ण खेल खेल्ने माहोल बनाए । नेपालीज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) का अध्यक्षको विशेष पहलमा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडामा आमन्त्रण गरी क्यानाडाली क्रिकेट टिमसँग मैत्रीपूर्ण खेल आयोजना गरिगर्दै नेपाली खेलकुद इतिहासमा एक नयाँ आयम ल्याउन सफल भए ।

 

त्यस्तै किरोजले नै नेपाली क्रिकेट टोलीलाई सन् २०२४ मा क्यानाडा भ्रमणको क्रममा एक सामाजिक कार्य गर्ने अवसर बनाए । नेपाली टोली क्यानडा भ्रमणमा हुँदा नेपाली राष्ट्रीय क्रिकेट टोलीले क्यानडाको फुड बैंकमा खाद्यान्न दान गर्दै मानवीय सेवामा योगदान गर्ने मौका पायो ।

 

त्यसै वर्ष क्रिकेट क्यानाडाद्वारा आयोजित अन्तर्राष्ट्रिय खेलमा नेपाली समुदायका अग्रजहरूलाई सम्मानस्वरूप निःशुल्क भिआइपी सिटको व्यवस्था गर्ने कार्य पनि किरोजले निकालेका थिए । किरोजको यो योगदानको कदर गर्दै सन् २०२४ मा नेपाल र क्यानडाबीचको प्रतिस्पर्धात्मक खेलमा नेपाली कप्तान रोहित कुमार पौडेललाई पहिलो नेपालीले पहिलो पटक क्यानाडामा ‘म्यान अफ द म्याच’ दीने अवसर उहालाई दिएको थियो । किरोजले नै सन् २०२३ मा क्यानडामा नेपाली डायस्पोराले क्यानाडा क्रिकेट टोलीलाई भव्य बिधाई कार्यक्रम आयोजना गराएका थिए । उनै किरोज हाल एनआरएनए क्यानडाको अध्यक्षमा उठ्दै छन् ।