काठमाडौँ – पूर्वराष्ट्रपति समेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयका आधारमा हुने बताएकी छिन्।
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा भण्डारीले आफ्नो उपस्थिति केन्द्रीय कमिटीको निर्णयमा भर पर्ने बताएकी हुन्।
प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी बोलाउँछ केन्द्रीय कमिटीले भन्ने कुरामा आफ्नो उपस्थिति निर्भर रहने उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मेरो उपस्थिति उहाँहरुले कसरी गराउनु हुन्छ? त्यो केन्द्रिय कमिटीमै भर पर्ने कुरा हो । विधान महाधिवेशनको सन्दर्भमा उहाँहरुले मलाई प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनुहुन्छ, त्यो हो । यसमा यही गर्नुपर्छ भन्ने छैन । तर समग्रतामा देशभित्र पार्टीले जसरी जुन जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व बढाउने तहमा केन्द्रीय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ।’
पूर्वराष्ट्रपति एमालेबाट अब पुनः सक्रिय भएर देशको सेवा गर्ने अठोट लिएको बताइन्।










