काठमाडौँ -प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थसम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने दुईपक्षीय समझदारी भएको छ।
होपफुल हराइजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान (कन्सल्ट्यान्ट साइकियाट्रिक) र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरे। कार्यक्रममा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख अञ्जु बस्नेतको पनि उपस्थिति थियो।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रालिमा पेश गर्नुपर्नेछ।
होपफुल हराइजन नेपाल प्रालि नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलि द्धारा निजी क्षेत्रवाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको छ।









