images
images
images

विश्व पौडेलको हस्ताक्षरवाला हजारको नयाँ नोट छापिँदै, मन्त्रिपरिषद्‌बाट निर्णय

काठमाडौँ, ३२ असार – सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ ।