images
images

कल्याणपुरका मेयर रामपुकार साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३२ असार – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुसहित नियन्त्रणमा लिएको छ।

मेयर रामपुकार साहलाई एक लाख घुससहित अख्तियारको टोलीले बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

उनलाई उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गरेको अवस्थामै अख्तियारका प्रतिनिधिले नियन्त्रणमा लिइएको हो।

उनी २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका थिए ।