images
images

कुन अदालतले कति मुद्दा फैसला गरे? अब बाँकी कति?

काठमाडौँ – देशभरका अदालतमा एक लाख ४८ हजार ९१ थान मुद्दा विचाराधीन रहेको सर्वोच्च अदालतले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन बुधबार साँझसम्म जिल्ला, विशेष, उच्च, न्यायाधीकरणहरु र सर्वोच्चसमा समेत गरेर झण्डै डेढ लाख मुद्दा अर्को आर्थिक वर्षका लागि सरेको हो।

बुधबारसम्म सर्वोच्चले १६ हजार ६३५ थान मुद्दा फैसला गरेर २४ हजार १२७ थान मुद्दा बाँकी राखेको छ। ती मुद्दा बिहीबारदेखि सुरु भएको आर्थिक वर्ष २०८२/८३ मा सुनुवाइ हुनेछन्। सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या अब जम्मा १२६४ मात्रै बाँकी रहेको छ।

उच्च अदालतहरुले अघिल्लो आवमा ४६ हजार २९२ थान मुद्दा फैसला गरेका छन्। त्यहाँ अब २१ हजार ३० थान मुद्दा मात्रै बाँकी छन्।

जिल्ला अदालतहरुले आव २०८१÷८२ मा एक लाख ६४ हजार ५७ थान मुद्दा फैसला गरेका छन्। अब ७७ वटा जिल्ला अदालतमा गरी एक लाख ६४८ वटा मुद्दा विचाराधीन छन्। जिल्ला अदालतहरुमध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी मुद्दा पर्ने गरेको छ।

अघिल्लो वर्ष काठमाडौँमा २६ हजार ७० थान मुद्दा फैसला भएको। जहाँ २५ हजार ९ सय मुद्दा बाँकी छन्।

यस हिसाबले नियमित प्रकृतिका अदालतमा एक लाख ४५ हजार ८ सय पाँच थान मुद्दा सुनुवाका क्रममा रहेका छन्।

चारवटा राजश्व न्यायाधीकरणहरुले वर्ष भरीमा ६२० थान फैसला गरेका छन्। अब २८५ थान मुद्दा मात्रै बाँकी रहेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
वैदेशिक रोजगारी न्यायाधीकरले २४४ वटा मुद्दा फैसला गरेको छ। अब १७५ थान मुद्दा विचाराधीन छन्।

त्यस्तै ऋण असुली न्यायाधीकरणले ४०२ थान मुद्दा फैसला गरेर ८८७ वटा बाँकी राखेको छ। ऋण असुली पुनरावेदन न्यायाधिकरणले अघिल्लो वर्ष १८ वटा मुद्दा फैसला गरेर २४ वटा बाँकी राखेको छ।

विशेष अदाललतले १३० वटा मुद्दा फैसला गरेको छ। जहाँ ८२ वटा बाँकी छन्।

श्रम अदालतले ४६१ थान मुद्दा फैसला गरेर २४० वटा बाँकी राखेको छ।

प्रशासकीय अदातले ७४ वटा मुद्दा फैसला गरेर ८७ बाँकी राखेको छ।

बाल अदालतले २५ वटा मुद्दा किनारा लगाएर २१२ वटा बाँकी राखेको छ।

अघिल्लो वर्ष मात्रै स्थापन भएको उपभोक्ता अदालतले ८ वटा फैसला गरेर ९ वटा बाँकी राखेको छ।