महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा हेर्न प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी रिजल्ट हेर्न सकिन्छ । परीक्षा ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो ।
महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु वैकल्पिक प्रश्नहरू सोधिएका थिए । गलत उत्तरका लागि नकारात्मक अंक नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।










