काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी पार्टीमा छलफलबाट टुङ्गो लाग्ने बताएका छन्। साथै उनले सदस्यता नवीकरण गर्नुपर्ने विषय नै नभएको समेत बताएका छन्।
अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन्।
‘सदस्यता नवीकरण गर्नुपर्ने विषय नै होइन, महासचिवले अन्तरवार्तामै भनिसक्नुभएको छ’, पोखरेलले भने, ‘अब जिम्मेवारीको कुरा छलफलबाट हुन्छ। अध्यक्षले नवीकरण भएको छैन भन्नुभएको छैन।’
उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच छलफल चलिरहेको बताए।
त्यस्तै एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन्।









