images
images

‘गणतन्त्रलाई नेताहरूकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छ’

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सिंगो नेपाली राजनीतिमा ज्ञानको अभाव रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा अहिले अध्ययनभन्दा बाहुबलको प्रयोग बढी हुने गरेको बताए।

अध्ययन न्यून भएपछि ज्ञान हुने सम्भावना कम हुने र ज्ञान कम भएको ठाउँमा बाहुबलले स्थान पाउने उनको भनाइ थियो।

नेपाली राजनीति अहिले द्वन्द्वको चरणमा रहेको उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुका आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेको उनले बताए।

‘हाम्रो नेपाली राजनीति लगभग लगभग अहिले द्वन्द्वको चरणमा, झगडाको चरणमा छ। बोल्न भ्याएको छैन, अर्कोले गाली गर्नेकुरा बाहेक केही सुनिएको छैन। एउटाले अर्कोलाई खुइल्यायाउले, धम्क्याउनेबाहेक केही छैन। संघीय लोकतान्त्रिक गणतन्त्रलाई विस्तारै विस्तारै आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेका छौँ,’ उनले भने।