images
images

‘कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न’-अर्जुननरसिंह केसी

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिंगै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताएका छन् ।

आज नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्यसमिति, महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको नवौँ विभागीय अधिवेशन तथा नवनियुक्त, पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्त कर्मचारीलाई बिदाइ एवं सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गै सदन झुक्याउने गरी अर्को आउँछ भने त्यो भन्दा ठूलो धोका अरु के हुन्छ ? भोलिका दिनमा कसैले देशलाई नै खतरा हुने गरी संशोधन गरे त्यसको जवाफदेही को हुन्छ ?”

नेता केसीले निजामती सेवा ऐनलाई परिवर्तन गरी प्रशासनिक सेवा, नागरिक सेवालगायत राख्नुपर्ने जिकिर गरे । उनले भने, “यो विषय अहिले राष्ट्रियसभामा पुगिसकेको छ । हाम्रो हातमा पनि छैन । तर मेरो विचारमा निजामती सेवा ऐन परिवर्तन गर्न जरुरी छ ।”