images
images
images

नेकपा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ दुई साता लामो अमेरिका भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । नेपालको बिकास र समृद्दी र माओवादी पार्टीको दृस्ठिकोण र योजनाका बारेमा मुख्यत त्यहाँ बसोबास गर्ने नेपालीहरुसग गहिरो अन्तरकृया र परामर्श गर्नुभएको छ । भ्रमणका दौरान त्यहाँका नेपालीहरुको सार संलेषण यस्तो पाइयो ।

 

१. नेतृत्वमा सुन्ने क्षमताको मूल्य – क. नारायणकाजीमा ‘listening power’ गहिरो देखियो, जसले संवाद र सहकार्यको नयाँ ढोका खोल्ने संकेत दियो ।

 

२. जनसञ्चारमा प्रभाव– उहाँको मन्तव्य प्रस्तुत गर्ने शैलीले उपस्थित नेपाली समुदायको ध्यान पुरै केन्द्रित गर्यो । नेपाली चेतनामा बस्न सक्ने भाषिक र वैचारिक प्रभाव स्पष्ट अनुभव गरियो।

 

३. विश्वसनीय नेतृत्वको स्वीकृति – वैचारिक रूपमा फरक धारमा रहेका व्यक्तिहरूले समेत उहाँको नेतृत्वलाई खुलेर स्वीकार गर्नु, राजनीतिक संस्कारमा नयाँ सकारात्मकताको संकेत हो।

 

४. बिबादरहित छवि र लोकप्रिय कार्यकालको प्रभाव – उहाँको शुद्ध राजनीतिक पृष्ठभूमि र मन्त्रीकालीन जनपक्षीय कार्यसम्पादनले अमेरिकामा समेत गहिरो प्रभाव छाड्यो।

 

५. माओवादीप्रति दृष्टिकोण परिष्कृत गर्दै – यो भ्रमणले अमेरिकामा माओवादीलाई अझै आतंककारीको रूपमा हेर्ने दृष्टिकोण चिर्न सहयोग पुर्यायो, जुन ऐतिहासिक सन्दर्भमा सशक्त हस्तक्षेप मान्न सकिन्छ।

 

६. प्रवासी नेपाली – अमेरिका रहेका नेपालीहरूप्रती उहाँले देखाउनु भएको सम्वेदनशीलता प्रशम्सायोग्य रहयो ।

 

७. आयोजक सस्था गौरवान्वित – आफ्नो लोकप्रीय नेताको भ्रमण व्यवस्थापन र सार्थक संवादका दृष्टिले आयोजक सस्थाहरु गौरवान्वित छन् ।

 

८. प्रभाव मूल्याङ्कन – समग्र भ्रमणलाई ५ मा ४.५ अंक दिइएको छ, जुन अंक यस अघिका कुनै नेताले पाएका थिएनन् । यो भ्रमण राजनीतिक, व्यवहारिक र कूटनीतिक दृष्टिले समेत सफल रहयो ।

 

– अमेरिकाबाट समर्थक/शुभचिन्तकको मुल्यांकनमा आधारित