images
images

विपत्तिले प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपालीको भिजन सफल हुन सकेको छैन : मन्त्री भण्डारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताएका छन्।

 

शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था रहेको बताए।

उनले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजनलाई प्राकृतिक विपत्तिहरुले असर गरिरहेको बताए।

रसुवा बाढी, मधेसमा सुख्खाग्रस्त हुनु जस्ता विपद्ले पनि समृद्ध नेपालको सपना साकार हुन नसकिरहेको उनको भनाइ थियो।